अकुत सम्पत्ति आर्जन मुद्दामा भीमकान्तले पाए सफाइ


 


काठमाडौँ । विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।

भण्डारीसँग छ करोड रुपियाँभन्दा बढी गैरकानुनी सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले सोमबारदेखि नै मुद्दालाई हेर्दाहेर्दैमा सुनुवाइ गरेको थियो । सुनुवाइपछि मङ्गलबार फैसला गरेको हो।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्