जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरमा एक जना पक्राउ


 


भोजपुर, मंसिर २४
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारा देउताल गाउँपालिका-५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सहनीले ती महिलालाई भोजपुर नगरपालिका- ७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाईपक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्