ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउँदै


 


काठमाडौं । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ ।

विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला आउन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्