काठमाडौँ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते


 


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण आइसकेको छैन ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्