दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का


 


काठमाडौं । दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको हाटडाँडा आसपास केन्द्रविन्दु केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा समेत गरिएको थियो ।

प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्