१ सय ३८ किलो गाँजा बरामद


 


काठमाडौं, चैत ६ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा मौहुवा नहरबाट अवैध लागूऔषध गाँजा करिब १ सय २० किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले तीन वटा बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यसैगरि सिरहा धनगढीमाई नगरपालिका–११ श्यामपुरस्थित परालको टालबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो सोमबार राति प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारिसे अवस्थामा दुई वटा प्लास्टिकको बोरामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्