राजनीतिलाई विकाससँग जोड्ने संकल्प छ – प्रधानमन्त्री


 


काठमाडौँ, पुस २०

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन  । आज रिपोर्टस् क्लव नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको बताए ।

सहमतिका लागि कोशिस गरिरहेको बताउँदै  प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको बताए । साथै छिटै राजनीतिक सहमति जुट्ने दाबी समेत गरे । संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि आफुले प्रधानमन्त्री पद स्वीकार गरेको बताए ।

विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडिरहेको बताउँदै  सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका बताए  । साथै  राजनीतिलाई विकाससँग जोड्ने आफनो संकल्प रहेको बताए  ।

प्रकाशित मिति: २० पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्