सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त


 


धनगढी, वैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै साँझ ७ बजे शपथ ग्रहण गर्ने समय तोकिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्