किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


 


काठमाडौं, वैशाख ७ । झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको अर्जुनधारा नगरपालिका–११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

तामाङले किशोरीलाई सोही नगरपालिका–११ सालबारीस्थित होटलमा बुधबार बलात्कार गरेको उजुरी परेपछि सोही आधारमा प्रहरील्े उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्