गोकर्णेश्‍वरबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ


 


काठमाडौं, वैशाख ७ । गोकर्णेश्‍वर नगरपालिका–५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही नगरपालिका–६ नयाँवस्ती बस्ने काभ्रेपलान्चोक रोसी गाउँपालिका–५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्