संघीय संसद्को वेबसाइट ह्याक


 


काठमाडाैं । संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ । यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।

ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामाग्री राखेका थिए। जसमा सन्देश छाडिएको थियो, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले ह्याकबारे थाहा पाएलगत्तै टिमले समस्या समाधान गरेको बताए । विगतमा पनि सरकारी कार्यालयका वेबसाइट पटक पटक ह्याक हुँदै आएका छन्।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्