झिनो अंकले बढ्यो नेप्से, अढाई अर्बको कारोबार


 


काठमाडौं, वैशाख १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार झिनो अंकले सुधार भएको छ । आज नेप्से ०.१५ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १७ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११३ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९२ प्रतिशतले बढेको छ ।

आज माइखोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.८४ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढि नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको ६३ करोड ३० लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्