सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, वैशाख १६ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्