इलाम–२ मा खड्का र नेम्वाङबिच टक्कर, स्वतन्त्र पार्टी र स्वतन्त्र पछारिँदै


 


काठमाडौँ, वैशाख १६ । इलाम–२ मा आएको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मत ल्याएर अग्रता लिइरहँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् । यी दुई उम्मेदवारबीच झिनो मतान्तर छ ।

अन्य पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार निकै पछि छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले २११, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ३१३ मत ल्याएका छन् ।

दुई हजार ८०६ मत गणना हुँदासम्म स्वतन्त्र उम्मेदवार धनराज राना मगरको मत शून्य छ । यसैगरी राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ६, जनमत पार्टीका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ५ र नेकपा एकीकृत समाजवादीका जीत बहादुर राईले ६ मत पाएका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्