एमाले बझाङमा दोब्बर मतले अघि, इलाममा मतान्तर घटाउँदै


 


काठमाडौं, वैशाख १६ । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो अपडेट अनुसार काँग्रेसका डम्मर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले १६०१ मत ल्याएका छन् । सुहाङले मतान्तर घटाउँदै लगेका छन् ।

यस्तै प्रदेश सभा सदस्यका लागि बझाङ १ (१)मा भइरहेको उपनिर्वाचनमा पछिल्लो मतगणना अनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी दोब्बर मतले अगाडि गएका छन् ।

उनले १४०४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेको काँग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ७६९ मत ल्याएका छन् ।

यहाँ यसअघि स्थानीय चुनावमा पराजित भएका वडामा पनि एमालेले दोब्बर मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्