बझाङमा एमाले अघिअघि, कांग्रेस तेस्रोमा झर्यो


 


धनगढी । बझाङ–१ को प्रदेश सभा उपनिर्वाचन अन्तर्गत जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारीले अग्रता लिइरहँदा दोस्रोमा रहेको काँग्रेस तेस्रोमा पुगेको छ ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले एक हजार ५ सय ५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन् । तेस्रो स्थानमा ओर्लिएमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ सय १८ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले २० मत पाएका छन् । ६७ मत बदर भएका छन्।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्