इलाममा अघि बढे सुहाङ, कसको मत कति ?


 


इलाम, बैशाख १६
इलाम २ मा जारी मतगणनामा नेकपा एमालेमा उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर ४ को गणना सकिएसँगै नेम्बाङले अग्रता लिएका हुन् ।

यसअघि १,२ र ३ नम्बरमा कांग्रेसका डम्बर खड्काले अग्रता लिएका थिए । नेम्बाङले २५४२ मत पाएका छन् भने कांग्रेसका खड्काले २१९७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्