आकाशमै समस्या आएपछि रामेछाप उडेको जहाज काठमाडौं फिर्ता


 


काठमाडौं, वैशाख १७ । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको ९०६ उडान नम्बरको जहाजमा समस्या देखा परेपछि काठमाडौं फिर्ता भएको छ ।

जहाजको हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएपछि तानेर पार्किङसम्म पु¥याइएको थियो ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्