कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता


 


काठमाडौँ, वैशाख १७ । कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । उनले जाहेरी दर्ता भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । ्

उनका अनुसार सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको दाबीसहित उजुरी दर्ता भएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्