युवतीलाई शौचालयभित्र हत्या गरी फरार अभियुक्त ९ वर्षपछि पक्राउ


 


काठमाडौं, वैशाख १७ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस–५ घर भएका ४७ वर्षीय समरबहादुर सार्की ९ वर्षपछि पक्राउ परेका छन् । 
 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो  

म्याग्दी स्थायी घर भएकी २३ वर्षीया सुनमाया किसान (सार्की)लाई काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्