सुदूरपश्चिममा नाउपाकी टीका थापा मन्त्री नियुक्त


 


धनगढी, वैशाख १८ । सुदूरपश्चिम प्रदेश सकार विस्तार गरिएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्तिकी टीका थापालाई कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले थापालाई मन्त्री पद तथा गोपनीयताको सपथ पनि खुवाएका छन् ।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । यससंगै सुदूरपश्चिम प्रदेश सरकार तीन सदस्यी बनेको छ ।

नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।

सत्तारुढ दल नेकपा एमाले र माओबादी केन्द्र भने सरकारमा सहभागी भएको छैन ।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्