आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एकको मृत्यु


 


काठमाडौं, वैशाख १८ । ललितपुरको आनन्द जंगलमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए ।

जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए।

अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्