सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?


 


काठमाडौं, वैशाख २० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई हजार रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्