धादिङमा घरमा आगलागी हुँदा दम्पतीको मृत्यु


 


काठमाडौं, वैशाख २० । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको मृत्यु भएको छ ।

बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति भएको आगलागीमा दम्पतीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार आगोमा जलेर अन्न, लत्ताकपडा धनमाल क्षतिकोछ ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्