एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

बुटवल, वैशाख २० । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा सालिकराम अधिकारी विजयी भएका छन् ।
दुई पटक अध्यक्ष भइसकेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै अधिकारी विजयी भएका हुन् ।
निर्वाचन समितिका अनुसार अधिकारीले १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा दुर्गा ओली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए ।
सचिवमा पदम ढकाल र उपसचिवमा लहनु थारु र सङ्गीता थारु विजयी भएका छन् । नयाँ जिल्ला कार्यसमिति १०५ सदस्यीय कमिटी बन्नेछ ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष सालिकराम अधिकारीले अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए ।
प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार