खेतमा लुकाई राखेको अवस्थामा पेस्तोल बरामद


 


दाङ, वैशाख २३ । घोराही उपमहानगरपालिका–१७ घनिबगियास्थित खेतबाट वेवारिसे अवस्थामा राखेको पुरानो एयर गन जस्तो देखिने पेस्तोल शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

खेतमा शंकास्पद बस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पुरानो बुट्टेदार कपडाभित्र लुकाई राखेको अवस्थामा उक्त पेस्तोल बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्