कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जना मनोनयन


 


काठमाडौँ, वैशाख २४ । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहनुभएको उक्त विभागको सदस्यमा पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदीय मनोनयन गरेका हुन् ।

विभागको सदस्यमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल (मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) मनोनयन भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्