जसपाले भन्यो- नयाँ दल दर्ताको निवेदन अवैधानिक


 


काठमाडौं, वैशाख २४ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दिइएको निवेदन अवैधानिक भएको बताएको छ ।

नेता अशोक राईको समूह जसपा विभाजन गर्दै नयाँ दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोग पुगेपनि जसपाले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले सोमबार विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने दाबी गरेका हुन् ।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

जसपा विभाजन गर्ने गरी अशोक राईसहित सात जना सांसदले आइबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्