हेर्नुहोस्, कति होला आजको डलरको भाउ?


 


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा थियो,

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८५ पैसा थियो।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्