सुनको मूल्य बढ्यो, कति छ तोलाको ?


 


काठमाडौं, वैशाख २५ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्