सुन तस्करी प्रकरण : दावाको लगानी रहेको होटेल भियनामा छापा


 


काठमाडौं, वैशाख २५ । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जिम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटेल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको र रकमसहित केही व्यक्ति पक्राउ गरिएको बताइएको छ । यद्यपि, यसबारे सीआईबीले आधिकारिक जानकारी दिएको छैन ।

यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागको छुट्टाछुट्टै छापा मार्दै आएका थिए । सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत रहेकी अमला रोकाविरुद्ध ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्