रास्वपाको निष्कर्ष : संसदीय छानबिन समिति आवश्यक छैन


 


काठमाडौँ, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

आज (मंगलबार) बसेको रास्वपाको संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

उजुरी दिएको भरमा संसदीय छानबिन समिति बनाउँदै जाने कुरा राम्रो नहुने भन्दै छानविन समिति गठनलाई समर्थन गर्न नसकिने रास्वपा संसदीय दलकी सचेतक निशा डाँगीले बताइन् ।

उनले आज मध्याह्न १२ बजे सभामुखले बोलाएको प्रमुख दलका शीर्ष नेताको बैठकमा संसदीय छानबिन समिति गठनका लागि समर्थन गर्न सक्दैनौँ भनेर पार्टीले कुरा राख्ने निर्णय भएको बताइन् ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्