पर्यटक र सर्वसाधरणलाई दुःख हैरानी दिने पाँच जना पक्राउ


 


कास्की, वैशाख २५ । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुस्ख हैरानी दिएको अभियोगमा प्रहरीले पाँच जनालाई आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका–६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका–६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका–६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् ।

प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–५ जिरो किमी, सोही महानगरपालिका–६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुस्ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्