मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो


 


काठमाडौँ, वैशाख २५ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो ।

जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्