नक्कली नोटसहित एक जना पक्राउ


 


जाजरकोट, वैशाख २५ । छेडागाड नगरपालिका–५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्