श्रोत नखुलेको रकमसहित एक जना पक्राउ


 


पर्सा, वैशाख २५ । वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट श्रोत नखुलेको १३ लाख १५ हजार रूपैयाँसहित सोही महानगरपालिका–२२ जगरनाथपुर बस्ने २८ वर्षीय रवि कुमार पटेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्