आजको मौसम : यी प्रदेशमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


 


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रही कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएका छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्