सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


 


काठमाडौं, वैशाख २७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्