कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक


 


काठमाडौँ, वैशाख २७ । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्य समिति बैठक बसेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको हो ।

पूर्वमन्त्री तथा पार्टीको पूर्व केन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बसिरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।

८४ वर्षीय गुरुङको काठमाडौँको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको थियो । उनको आज मात्र अन्त्येष्टि गर्न लागिएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिको क्रममा ताप्लेजुङ र पाँचथरमा क्रान्तिको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्