कोहलपुरमा गोली चल्यो


 


काठमाडौँ, वैशाख २७ । बाँकेको कोहलपुरमा गोली चलेको छ ।

कोहलपुरको चप्पलगौँडा भन्ने स्थानमा आज बिहान लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलाएको जनाएको छ ।

ब्युरोको टोलीले परियारसहित अर्का एक कारोबारी पनि पक्राउ गरेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्