भान्छा कोठामा चट्याङ पर्दा एक जनाको मृत्यु


 


सल्यान, वैशाख २७ । त्रिबेणी गाउँपालिका–१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।

उनकै घरको भान्सा कोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्