मुख्यमन्त्री नियुक्तिविरुद्ध केदार कार्कीले दिए सर्वोच्चमा रिट


 


विराटनगर, वैशाख २७ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गर्दै अधिवक्ता सुप्रेक्षा जोशीमार्फत रिट दायर गरेका हुन् ।

कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको रुपमा काम नगर्न नगराउन माग गर्दै आफूलाई मुख्यमन्त्रीको जिम्मेवारीमा यथावत गराउन माग गरेका छन् ।

संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत माग गर्दै रिट हालेकी हुन्।

रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्‍तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्