जसपा नेपाल फेरि फुट्यो, पहिचानबादी अलग


 


काठमाडौं, वैशाख २७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ ।

अशोक राईको नेतृत्वमा नयाँ दल बनेको एक साता नबित्दै पार्टीबाट अर्को समूह बाहिरिएको हो ।

राजनीतिक समिति सदस्य खगेन्द्र माखिमलगायतको समूहले पहिचानबादी मोर्चा बनाउँदै पार्टी अलग भएको घोषणा गरेका हुन् ।

माखिमसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका हुन् ।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो ।

उनीहरूले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाएका छन् ।

मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा रहेका पहिचानवादी दल, संगठन, अभियन्ता सबैलाई एकतावद्ध भई अघि बढ्न आह्वान गरेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्