दुई भारतीय पक्राउ



काठमाडौं,  पुस २४

लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित भारत बहराइच जिल्ला ककोरा मोहमदपुर थाना विशेश्वरगङ्ज घर बताउने २५ वर्षीय दीनदयाल राव र चन्दागाउँ ग्राम घर बताउने २५ वर्षीय मनोजकुमार त्रिपाठीसहित दुई जनालाई पक्राउ गरिएको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News