चुनाव चाहने र नचाहने पक्षबीच द्वन्द्व भइरहेको छ -प्रधानमन्त्री


 


काठमाडौ, फागुन २

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका लागि चुनाव ठूलो चुनौती भएको बताएका छन ।  चुनाव चाहने र नचाहने पक्षबीच द्वन्द्व भइरहेको भन्दै प्रधानमन्त्रीले चुनाव गराउनु सरकारका लागि चुनौती भएको उल्लेख गरे ।

छैठौं विश्व रेडियो दिवसको कार्यक्रममा प्रधानमन्त्री दाहालले अहिले देश निकै ठूलो वैचारिक र भावनात्मक संघर्षमा रहेको बताउँदै संविधान कार्यान्वयनको प्रमुख पक्ष २०७४ माघ ७ भित्र तीनवटै निर्वाचन गर्नु रहेको बताए ।

प्रधानमन्त्रीले वैशाखको अन्तिम साता वा जेठको पहिलो सातामा स्थानीय निर्वाचन गर्ने सरकार रहेको बताउँदै त्यसलाई नियन्त्रण गर्न विविधतामा एकता गर्नुपर्नेमा जोड दिए । दाहालले त्यसका लागि रेडियोहरुले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आग्रह गर्दै अहिलेको एजेण्डा भनेको राजनीतिक स्थिरता ल्याएर आर्थिक समृद्धिमा जानु  रहेको उल्लेख गरे ।

प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्