जननायक रामप्रसाद रार्इलार्इ किन राष्ट्रिय विभूति घाेषणा गर्नुपर्छ ?



आजको राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्था सुनिश्चितताका लागि धेरै नेपालीका पुर्खाहरूको भूमिका र योगदान थियो । जसलाई हामीले भुल्ने भूल गर्नु हुदैन ।

पुर्खाको सुझबुझ, संयम् र स्वार्थरहीत भूमिका नै आज नेपालीले गौरव गर्ने इतिहास पनि हो । इतिहासको सच्चाईबाट न राज्य न त नागरिक
नै भागेर गैर जिम्मेवार बन्न सक्छन् । २००७ सालको क्रान्तिका एक योद्धा रामप्रसाद राईलाई नेपालको इतिहासमा दर्जा निश्चित गर्न बाँकी छ ।

रामप्रसाद राईलाई राज्य र नागरिक दुवै तहमा चिन्ने र सम्झने हुँदै नभएको होइन । राज्यले ‘प्रजातान्त्रिक योद्धा’ भनेको छ । नागरिकका तहमा उनलाई चिन्ने थुप्रै उपाधि र छवि निर्माण भएका छन् ।

स्वतन्त्रता सेनानी, जननायक, क्रान्तिनायक, क्रान्तियोद्धा र शहीद नागरिकका तहमा निर्मित रामप्रसाद राईका छविहरू हुन् । नागरिकको तहमा निर्मित ‘शहीद’ छविका आधारमा उनको मृत्यु भएको अनुमान गर्न सक्छौ । तर, २००८ को सिंहदरबार विद्रोहपछि उनी वेपत्ता छन् ।

त्यसैले राज्यको तर्फबाट उनको स्थिति सार्वजनिक गर्न माग राख्दै नागरिकबीचमा स्थापित उनको पहिचानलाई तथ्यकासाथ यो आधारपत्रमा समेट्ने प्रयास भएको छ ।

मुक्तिसेना

मुक्तिसेना प्रजातन्त्रका लागि २००७ सालको सशस्त्र सङ्घर्षमा लडेका प्रजातन्त्र सेनाहरू हुन् । राणाहरूको पारिवारीक शासनपछि गठन गरिएको राणा÷कांग्रेस संयुक्त अन्तरिम सरकार अन्तर्गत यी मुक्तिसेनाका अधिकांश टोलीहरू विघटन गरिए । केही सैनिक टुकडीहरू मात्र बहाल राखिए ।

मुक्ति सेनालाई दिल्ली सम्झौतापछि रक्षा दल भनियो । २००७ सालको क्रान्ति दबाउन राणा सरकारको पक्षबाट राजा र जनताका विरूद्ध लडेका पुराना सरकारी सेना भने शाही वा राष्ट्रिय सेना कहलिए ।

यी दुईथरी सेनाका दुईथरी पोसाक फरक फरक हुने व्यवस्था गरिएको थियो (प्रधान २०५७) । क्रान्तिको समाप्तिपश्चात मुक्तिसेना र राष्ट्रिय सेनाबीचमा स्पष्ट विभेद थियो ।

वी. पी. कोइराला र शुवर्ण शमशेरको नेतृत्वमा रहेका मुक्तिसेना दिल्ली सम्झौतापछि रक्षा दलमा रूपान्तरण भएको थियो । रामप्रसाद राई र के. आई. सिंह लगायतकाहरूले दिल्ली सम्झौताको विरोध गरेका थिए ।

रामप्रसाद राईको नेतृत्वमा २००७ सालको प्रजातन्त्र स्थापनार्थ पूर्वी पहाडमा सङ्घर्षरत मुक्तिसेनाको योगदान नेपालको लोकतान्त्रिक इतिहासमा सम्मानपूर्वक लिइन्छ । दिल्ली सम्झौता अस्वीकार गर्ने रामप्रसाद राईको निर्णय कति ठीक कति बेठीक भन्ने प्रश्न हुँदाहुँदै पनि उनको नेतृत्वको मुक्तिसेना सिंहदरबार विद्रोह (२००८ साल माघ ८ गते) सम्म कायम थियो ।

दिल्ली सम्झौतापछि पनि नेपालको शासनमा राणाहरूको अस्तित्व कायमै रहेकाले रामप्रसाद राई र उनको नेतृत्वमा रहेको मुक्तिसेनाले विद्रोह कायम राखेका थिए । मुक्तिसेना २००७ सालको क्रान्तिको मूख्य औजार थियो यो सत्यलाई ओझेल पारेर इतिहासको चर्चा सम्भव छैन ।

रामप्रसाद राई 

राणाहरूको तानाशाही व्यवस्थालाई उन्मूलन गर्न रामप्रसाद राईले भोजपुरमा मात्र नभई सम्पूर्ण पूर्वाञ्चलमा निर्णायक भूमिका खेल्नु भएको थियो । वहाँको सम्बन्धमा धेरै कुरा राष्ट्रलाई थाहा हुन सकेन, वहाँ दिवङ्गत हुनुभयो भन्ने हल्ला पनि सहनु प¥यो – पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी (राई२०५१) ।

वहाँ, राई जातिमा जन्मनु भएका व्यक्ति भए तापनि वहाँको २००७ सालको महानयोद्धा र सफल सेनापतिको भूमिकामा हुनुहुन्थ्यो – मनमोहन अधिकारी १४÷११÷०५१ (राई २०५२)

रामप्रसाद राईको नेतृत्वमा २००७ मंसीर २४ गते विना रक्तपात भोजपुर कब्जा भएको थियो भने वहाँकै नेतृत्वमा २००७ साल पौष ३० गते तत्कालिन पूर्व ३ नं. कब्जा गरी राणा फौजलाई पूर्व २ नं. को सिमाना लिखु खोला पु¥याइएको थियो ।

वहाँको प्रजातन्त्रप्रति अगाध आस्था थियो । वहाँलाई सम्झँदा हामी प्रजातन्त्रवादीहरूको लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो – पूर्व मन्त्री बलबहादुर राई (राई२०५१)

रामप्रसाद राई १०४ वर्षीय राणा शासन विरूद्ध गठित ‘मुक्ति सेना कमाण्डर’ हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा, चीनमा डा. सन्यात सेन र भारतमा नेताजी सुवासचन्द्र बोसको समान वहाँको योगदान छ –गोपाल खम्बु र विश्व प्रधान (राई २०५१)

पारिवारीक पृष्ठभूमी

रामप्रसाद राई भोजपुर जिल्ला बासिखोरा गाउँ विकास समितिको सान्दिलुङमा संवत् १९६५ फागुन १८ गते जन्मिएका हुन् । जमदार ध्वजवीर राई र रत्नमायाका चार छोरामध्ये उनी कान्छो हुन् । उनका बुवा सन् १८५५ को नेपाल–भोट युद्धका सिपाही थिए । रामप्रसादका जेठा दाजु जर्नसिंह पनि श्रीजङ्ग पल्टनमा सुवेदार थिए ।

उनको सैनिक परिवार र तत्कालिन सामाजिक÷सांस्कृतिक संरचनामा घोडा चढ्ने, छेलो हान्ने, बन्दुक चलाउने, शिकार खेल्ने, पौडी खेल्ने, माछा मार्ने, मेलापातमा गीत गाउने परम्परा स्वाभाविक थियो ।

रामप्रसाद राईको बाल्यजीवन पनि यसरी नै बिते । उनले पुरोहित परमानन्द उपाध्यायबाट दश÷एघार वर्षको उमेरसम्म अनौपचारिक शिक्षा पनि प्राप्त गरेका थिए (राई २०५१क) । उनी तेह्र वर्षको उमेरमा ईष्ट–इण्डिया कम्पनीको गोरखा पल्टनमा बोय भर्ति गएका थिए ।

सैनिक जीवन

संवत् १९८७ मा रामप्रसाद राई पाकिस्तानको क्वेटाबाट नाम कटाएर आएका थिए । त्यसपछि उनको गोरखा पल्टनसँग सम्बन्ध समाप्त भएको थियो । उनी क्वेटा रहँदा सुवासचन्द्र बोस पाकिस्तान, अफगानिस्तान हुँदै युरोप जाँदा आजाद हिन्द फौजबारेमा पनि जानकार थिए (शिवाहाङ २०६४स२८०) ।

नौ वर्ष लामो वैदेशिक सैनिक सेवाबाट घर आएका उनी बुवा र दाजु जर्नसिंहको सल्लाह र दबावमा नेपालकै वालिगढ रिसल्लाको पल्टनमा भर्ना भई सैनिक सेवा गरेका थिए (थापा २०५७ र पाठ्यक्रम विकास केन्द्र २०६२) । बाईस वर्षको उमेरमा उनले नेपाली फौजमा नयाँ सैनिक जीवन शुरू गरेका थिए ।

२००५ सालमा उनी लेप्टीनेन्ट भईसकेका थिए । उनी १९९९ देखि २००२ सम्म पहिलोपल्ट र २००५ मा दोस्रोपल्ट खोटाङमा खटिएका थिए । खोटाङको दोस्रो कार्यकालमा भएको एउटा घटनाले उनको सैनिक जागिर समाप्त भएको थियो । उक्त घटनाको विषयलाई लिएर तत्कालिन श्री ३ मोहन शमशेरले रामप्रसादको राजिनामा मागे थिए । र, उनले २००६ असोजमा राजिनामा गरे (थापा २०५७) ।

यसरी सैनिक जीवन समाप्त भई ‘मुक्ति सेना’को नेतृत्वदायी नयाँ भूमिकामा उनको राजनीतिक जीवन प्रारम्भ भएको थियो ।

उनी सम्बद्ध घटना र योगदान

मुक्तिसेनाको कमाण्डर रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसीर २४ गते पूर्व ४ नं. माझकिरात भोजपुर मुक्त गरिएको थियो । त्यस्तै दिङ्ला र खोटाङ क्रमशः मंसीर २५ र २७ गते कब्जा गरेका थिए ।

६ नं. चैनपुर पुस २ गते, तेह्रथुम पुस ७ गते र ताप्लेजुङ पुस ८ गते जनमुक्ति सेनाले कब्जा गरेका थिए । त्यस्तै ऐसेलुखर्क २००७ साल पुस २ गते, ओखलढुङ्गा पुस ३ गते पहिलोपल्ट र दोस्रोपल्ट पुुस२१ गते, रामेछाप पुुस २४ गते, सिन्धुली पुस २७ गते, दोलखा (चरिकोट) पुस २९ गते राणाहरूबाट मुक्त गराएका थिए (कार्की २०६५ र शिवाहाङ २०६४) ।

धनकुटा, विराटनगर, सप्तरी र उदयपुर क्षेत्रमा दुई पटक जनमुक्ति सेना पठाएर राणाहरूको उपस्थितिलाई कमजोर बनाउने प्रयत्न गरे । उनको मुक्ति सेना धुलिखेलसम्म कब्जा गर्दै आएका थिए ।

जनमुक्ति सेनाको प्रधान कार्यालय भोजपुर र ओखलढुङ्गा सहायक कार्यालय थियो (कार्की २०६५) । पूर्वी पहाडको मुक्ति आन्दोलनको सम्पूर्ण नेतृत्व रामप्रसाद राईले गरेका थिए । जनमुक्ति सेनाले पूवी पहाडलाई राणा शासनबाट मुक्त गराउने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राज्य र रामप्रसाद राई

राज्यको तहमा रामप्रसादलाई पहिचान दिलाउने केहि काम भएका छन् । पहिलो हुलाक टिकट प्रकाशन र दोस्रो किरात राई वान्तवा भाषाको पाठ्यक्रममा रामप्रसाद राईबारे साग्री समावेश गरिएको छ, तेश्रो जिल्ला विकास समिति, भोजपुरले सदरमुकाममा राजा त्रिभूवन, नारदमुनी थुलुङ समेत रामप्रसाद राईको अर्धकदको सालिक निर्माण गरेको छ, चौथो रामप्रसाद राईको जन्म भूमी भोजपुर जिल्लाको बासिखोरामा
रामप्रसाद राई स्मृति पार्क निर्माणको लागि आ.व. २०७१÷७२ देखि क्रमिक योजनाको रुपमा बजेट
विनियोजन गरेको छ ।

राज्यले नैतिक बोध गरेको भए पनि ऐतिहासिक विषयमा गम्भिरतापूर्वक स्वीकार गरेको छैन । उदाहरण
प्रजातान्त्रिक योद्धा रामप्रसाद राई ः वि. सं. १९६५ मा माझकिरात (भोजपुर) मा जन्मनु भएका प्रजातान्त्रिक योद्धा रामप्रसाद राई वि. सं. १९८० मा तत्कालीन ब्रिटिस–भारतीय गोरखा सेनामा भर्ना हुनुभयो ।

सेनामा नौ वर्ष व्यतित गरी वि. सं. १९८९ देखि मातृभूमीको सेवामा लाग्नुभएका राई शुरूमा प्रजा परिषद्सँग सम्बद्ध हुनुहुन्थ्यो । स्वतन्त्र राष्ट्रवादीको हैसियतले देशमा प्रजातन्त्र स्थापनार्थ लड्ने यी योद्धाले आफ्नै नेतृत्वमा मुक्तिसेनाको गठन गरी
वि. सं. २००७ मा माझकिरात (भोजपुर) लाई स्वतन्त्र गराउनु भयो ।

वि. सं. २००८ मा कैद सजाय भोगेका देशभक्त रामप्रसाद राईको सोही वर्ष षडयन्त्रपूर्वक हत्या भएको भनिन्छ (श्री ५ को सरकार, फिलाटेलिक ब्यूरो २०५५) ।

राज्यको तर्पmबाट रामप्रसाद राईलाई सम्झने क्रममा महसुस गरिनेभन्दा देखाउने तहमा मात्र सिमित भएको छ । नेपाल सरकारको हुलाक सेवा विभागअन्तर्गत फिलाटेलिक ब्यूरोले २०५५ मा ७५ पैसा दरको हुलाक टिकट सार्वजनिक गरेका थिए ।

टिकट प्रकाशन राष्ट्रको तर्पmबाट सम्मान र पहिचानको आधिकारिकता नै हो । उक्त हुलाक टिकटमा प्रयुक्त ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राई’ भन्ने उपाधीले राज्य तर्पmबाट पहिलोपल्ट प्रजातन्त्रका योद्धाको सम्मान प्राप्त भएको थियो ।

र, आज पनि रामप्रसाद राई नेपालको इतिहासका अध्येताहरूबीच ‘प्रजातान्त्रिक योद्धा’ को छवि बनाएका प्रजातन्त्रका सेनानी नै हुन् ।फिलाटेलिक ब्यूरोले रामप्रसाद राईको परिचय खुलाउने क्रममा ‘ … २००८ मा कैद सजाय भोगेका देशभक्तको सोही वर्ष षडयन्त्रपूर्वक हत्या भएको भनिन्छ’ उल्लेख गरेको छ ।

राज्यको निकायले प्रष्टसँग हत्या वा स्वाभाविक मृत्यु भएको भन्ने विषयमा बोल्न नसक्नु राज्यको अनुत्तरदायीपन हो । संवत् २००७ साल मङ्सिर २४ गते भोजपुर कब्जा भएपछि गठन भएको ‘नेपाल प्रजातन्त्र सामयिक सरकार’ले पनि रामप्रसाद राईको सम्मान गर्दै ‘इण्डिपेन्डेण्ट फ्रिडम फोर्स कमाण्डर (स्वतन्त्रता सेनानी) को उपाधी प्रदान गरेको थियो (कार्की २०६५) ।

‘स्वतन्त्रता सेनानी’ को उपाधी उनी वेपत्ता हुनुपूर्व प्राप्त गरेका थिए । पाठ्यक्रम विकास केन्द्रले राई वान्तवा भाषाको आन युङ कक्षा ५ को पाठ्यपुस्तकमा ‘रामप्रसाद राई’ शीर्षकमा समावेश गरेको छ ।

यसमा उनको बाल्य र सैनिक जीवनलाई समेटेको छ । उनको अवसानको अधुरो कथा लेखिएको विषयले विद्यार्थीहरूलाई सत्य जानकारी पुग्न सकेको छैन । पाठ्यपुस्तकमा सही सूचना समेट्न नसक्नु राज्यको लागि पनि लाजमर्दो विषय हो ।

राज्यले आफ्ना नागरिकका विषयमा सही सूचना दिन पनि रामप्रसाद राई वेपत्ता भएको दिनदेखि आजसम्मका सबै सम्भावनालाई प्रस्ट पार्नु पर्दछ ।

निश्कर्ष

२००७ सालको क्रान्तिमा पूर्वी नेपालको मोर्चा सम्हालेका योद्धा रामप्रसाद राई नेपाली राजनीतिक इतिहासमा ओझेल पारिएका पात्र हुन् । राज्यले ‘प्रजातान्त्रिक योद्धा’ भने पनि उनी वेपत्ता बनेपछि राज्य र नागरिक दुवैको तहमा सूचना प्राप्त छैन ।

स्वतन्त्रता सेनानी, जननायक, क्रान्तिनायक, क्रान्तियोद्धा र शहीद नागरिकका तहमा निर्मित रामप्रसाद राईका छविहरू हुन् ।नागरिकबीचमा रामप्रसाद राईबारे थुप्रै चासो, सरोकार र सक्रियता छ ।

रामप्रसाद राईलाई विभिन्न उपाधीहरूले सम्बोधन गर्ने, प्रतिष्ठान गठन, सालिक निर्माण, सामुदायिक कार्य गर्ने र प्रकाशनमार्पmत् सम्झने सबै कार्य नागरिक सम्मान हो ।

नागरिकको तहमा भए÷गरेका सबै प्रयासको तुलनामा राज्यको तहमा रामप्रसाद राईप्रतिको सम्मान र सराकोर अत्यन्त न्यून छ । उनीप्रतिको चासो न्यून हुनको मुख्य कारण २००८ माघ ९ गतेपछि उनी सार्वजनिक छैनन् । राज्यले उनको स्थिति सार्वजनिक गरेर उनलाई ‘सार्वजनिक मान्यता’ दिलाउन सक्नु पर्दछ ।

(रामप्रसाद रार्इ प्रतिष्ठानले पटक–पटक नेपाल सरकार समक्ष राष्ट्रिय विभूति घाेषणाका लागि प्रस्तुत गर्दे अाएकाे आधारपत्रकाे सम्पादित अंश) 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News