डिसहोममा एक महिना निशुल्क नेपाली सिनेमा हेर्न पाइने


 


dish-home-logo

काठमाण्डु, असार १८

डिसहोमले गरी एक महिनाका लागि ‘मुभी अन डिमान्ड’ सेवा निशुल्क प्रदान गर्ने जनाएको छ ।

कम्पनीले बिहीबार विज्ञप्ती जारी गरेर विहीबारदेखि लागु हुनेगरी ग्राहकहरुको सुविधाका लागि च्यानल नम्बर एक सय १२ मा प्रसारण हुने ‘मुभी अन डिमान्ड’ सेवा नयाँ नेपाली सिनेमा प्रसारण हुने जनाएको छ ।

कम्पनीले बिहान ७ बजे, दिउँसो ११ बजे, अपरान्ह ३ बजे र साँझ ७ बजे गरी दिनमा चार पटक एउटै फिल्म प्रसारण गर्ने जनाएको छ । यो अफर डिसहोमका सम्पूर्ण ग्राहकलाई प्रदान गरिएको कम्पनीले स्पष्ट पारेको छ । ग्राहकले सिनेमा हेर्न डिसहोमको नियमित प्याकेज एक्टिभ गर्नुपर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ग्राहकहरुले आफ्नो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा ३० वटा सिनेमाहरु हेर्न सक्ने डिसहोमले जनाएको छ । ग्राहकले आफूले चाहेको सिनेमा हेर्न एसएममार्फत जानकारी गराउनुपर्ने भएपनि विशेष योजना अन्र्तगत चालु रहेका डिसहोम कनेक्सनमा सिनेमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

स्याटेलाइट प्रविधिमा आधारित डिटीएच सेवा प्रदायक डिसहोमले नेपालका ५ लाख ग्राहकलाई सेवा प्रदान गरेको कम्पनीको दावी छ ।

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्