माओबादी केन्द्रलाई नपत्याएकै हो ‘विवेकी सहर’ले ?


 


काठमाडौं, जेठ ७
गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना गर्ने कार्य अहिलेसम्म पनि जारी छ । यो कार्य अझै केही दिनसम्म लम्बिने निश्चित छ । अहिलेसम्मको अवस्थालाई हेर्दा नेकपा एमाले अग्रस्थानमा छ ।

दोस्रो स्थानमा नेपाली काँग्रेस उभिएको छ । पहिलो चरणको चुनावमा देशकै ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच तिब्र प्रतिशपर्धा भइरहेको छ । तर, तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्र भने निकै पछाडि परेको छ । अन्य दलहरु बलियो नहुँदा मत परिणामले निकै पछाडि परेपनि माओबादी केन्द्र तेस्रो स्थानमा छ । दोस्रो चरणको निर्वाचनमा जस्तोसुकै परिणामा आउन सक्ने भएपनि

यस पटकको चुनावमा भने बढी मतदाताले एमाले र कांग्रेसलाई नै रोजेका छन् । काँग्रेस र एमालेले स्थानीय तहमा विजयी शतक पूरा गरिसकेका छन् भने माओबादी केन्द्र अर्ध शतककै हाराहारीमा छ । तीन दल बाहेक अन्य दलहरु माथि उठन् सकेनन् । त्यस कारण पनि माओबादी केन्द्र एमाले कांग्रेस भन्दा पनि निकै पछाडि भएपनि तेस्रो स्थानमा छ ।

अहिलेसम्म माओबादी केन्द्र जतिपनि स्थानमा विजयी भएको छ ती प्रायः ग्रामिण क्षेत्रमै पर्छन् । हामीले सहरबासीलाई शिक्षित र बौद्धिक भनेर भन्ने गरेका छौं । यहि भनाईलाई आधार मान्ने हो भने शिक्षित र बौद्धिक मानिसले माओबादी केन्द्रलाई पत्याउनै छोडेको हो त ? यो भनाईले त्यही देखाउँछ ।

देशका अन्य सहरी क्षेत्रमा पनि माओबादी केन्द्र पछारिएको छ । ती स्थानहरुमा पनि एमाले–काँग्रेसले नै जित हात पारेका छन् । आफ्नो सरकारले गरेको राम्रा कामहरुलाई जनतामाझ लिएर मत तान्ने जुन अनुमान माओबादी केन्द्रले गरेको थियो त्यो पूरा हुन सकेन ।

 

महानगरमा दयनीय 

देशका चार महानगरपालिकाकै कुरा गर्ने हो भने पनि माओबादी केन्द्र निकै पछाडि परेको छ ।

देशको राजधानी काठमाडौंका विवेकी मतदाताले माओबादीका सर्बोत्तमान डंगाललाई विश्वास नगरेको देखियो । उनी भर्खरै राजनीतिक पाइला चालेका विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवार भन्दा पनि पछि परे ।

त्यस्तै, सत्ता साझेदार नेपाली कांग्रेससंगको तालमेलले पनि माओबादीलाई फाइदा पुग्न सकेन । कांग्रेससंगकै तालमेलमा माओबादी केन्द्रबाट भरतपुर महानगरपालिकाकी मेयरकी उम्मदेवार एमाले उम्मेदवार भन्दा पछि छिन् ।

भरतपुरको अहिलेसम्मको मतगणनाको अवस्थालाई हेर्दा पहिलो र तेस्रो ठूलो दल मिल्दा पनि मतदाताले रेणुलाई साथ दिन नसकेको देखिन्छ । कांग्रेसको राम्रो पकड मानिएको भरतपुरमा काँग्रेसीहरुले नै रेणुलाई आशातित रुपमा भोट दिएका छैनन् ।

पोखरा पनि त्यहि अवस्था देखिएको छ । माओबादी केन्द्र र कांग्रेसका संयुक्त उम्मेदवार कांग्रेसका रामजी कुँवरलाई पनि माओबादी केन्द्रको भोट अनुमानअनुसार प्राप्त भएको छैन । त्यहाँ कांग्रेसले माओबादी केन्द्रबाट आशा गरेको अनुमानित भोट प्राप्न गर्न नसकेको बुझिएको छ । यसको मतलव त्यहाँ माओबादी केन्द्रका मतदाता क छन् भन्ने देखाउँछ ।

त्यस्तै, ललिपुर महानगरपालिकामा पनि माओबादी केन्द्र साझा भन्दा पछाडि रहेर चौथो स्थानमा पुगेको छ । ४० हजार बढी मतगणना हुँदासम्म पनि ललिपुरमा माओबादी केन्द्रका दिपेश महर्जनको मत ३ हजार भन्दा केही बढी मात्रै छ । यसको अर्थ सहरीयाहरुले माओबादी केन्द्रलाई नरुचाएको देखिन्छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्