सुनको मूल्य घट्यो, कति पुग्यो आज ?


 


काठमाडौं, जेठ २५
हिजो मात्रै ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ५५ हजार ४ सय पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्