नेपालमा जातीय विभेद र छुवाछुत समस्या



अवतार राई

वितेको असार महिनामा सप्तरी सोनापुरको मन्दिरमा पुजा गरेको निहुमा दलित लिलाधर दास स्थानीयवाट कुटिए । त्यस्तै घटना भोजपुरमा पनि घट्यो । दलित भएकी कारण घरपरिवारले वुहारीको रुपमा स्विकार नगरेपछि गाउवाट एक दलित महिलालाई वहिस्कार गरेको घटना सेलाएको छैन ।

भदौ २७ गते मात्र अन्तरजातीय विवहा को निहुमा सुर्खेत दमारमा दलित परिवारमाथी कुटपिट गरियो । दलित समुदाय सँग जोडिएका यस्ता सामाजिक विभेद तथा उत्पिडनका घटनाहरु दैनिकजसो हामीले समाचार पढिरहेका हुन्छौ सुनिरहेका हुन्छौ ।

जातीय विभेद तथा छुवाछुत मुत्त नेपाल घोषणा भएको एक दशक नाघिसक्यो तर पनि यस्ताखाले घटनाहरु अझै दलित समुदायले खेपिरहनुपरेको छ ।

जातीय विभेद तथा छुवाछुत सामन्तवादी राज्यसत्तावाट निर्माण भएको विकृत प्रथा हो । एकथरी जातीलाई अभिजात वर्गको रुपमा र एकथरि जातीलाई अन्यायपुर्ण व्यवहार गर्ने संस्कार हाम्रो समाजमा विगत धेरै लामो समय देखि जगडिएर आयो र सामाजिक चिन्तन मान्यता यसरी नै विकास हुदै गयो ।

सामाजिक चिन्तन तथा मनोवैज्ञानिक अवस्थामा फेरवदल हुदै आएपछि यो खालको कुपरम्परा र कुसंस्कृतिको विरुद्धमा धेरै मुत्तिका आन्दोलनहरु भए ।

मुलत २००८ साल पछि राजनैतिक मोर्चा र सांगठनिक एकताका साथ दलित समुदायको मुत्तिको लागि संघर्ष भईरहेको छ । २००८ भन्दा झण्डै ५ दशक अगाडी १९६१ मा नै माधवराज जोशी र शुक्रराज शास्त्रीको हिन्दु धर्मतन्त्रको जग हल्लाउन गरिएको प्रयास दलित आन्दोलनको लागि आधारशिलाको रुपमा रहेको दलन विरुद्धको प्रतिरोध पुस्तकमा उल्लेख छ ।

यो पुस्तक राजेन्द्र महर्जन र डा.याम किसानले सम्पादन गरेका हुन् । दलित संघर्षको रुपमा २०१० सालमा पशुपति मन्दिर प्रवेशको आन्दोलन पनि महत्वपुर्ण रुपमा उठेको देखिन्छ । त्यसपछिका हरेक परिवर्तनको आन्दोलनमा दलित मुद्धा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएर आएको छ ।

लेखक

यसलाई मुलत १० वर्षे जनयुद्ध र त्यसपछिको ६२/६३ को जनआन्दोलनको मद्धतवाट अन्तरिम संविधान जारि भएपछि संस्थागत रुपमा नेपाल छुवाछुत तथा जातीय विभेद मुत्त भनेर घोषणा भएको हो ।

अन्तरिम संविधानले व्यवस्था गरे अनुसार नेपालको व्यवस्थापिका संसदवाट ०६८ जेष्ठ १० गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन ०६८ पारित भएको थियो । त्यहि ऐनमा रहेर जातीय भेदभाव तथा छुवाछुतका घटनाहरुलाई कानुनी दायरामा ल्याउने र समाजलाई भेदभाव तथा छुवाछुत मुत्त वनाउने काम भईरहेको छ ।

यो ऐन नेपालको अन्तरिम संविधान ०६३ को धारा ८३ को उपधारा १ वमोजिम निर्माण गरिएको हो । ऐन अनुसार विभेद तथा छुवाछुतको घटना भएको प्रमाणित भएमा जरिवाना तथा कैद दुवै हुन सक्ने व्यवस्था छ ।

यो ऐन वन्नुपुर्व धेरै कानुन ऐन नियम नवनेको हैन । कार्यन्वयनको अभावमा ति ऐन तथा नियमहरु फितलो हुने गरेको आधार प्रशस्त भेटिन्छन् ।

हुन त विगतमा विभेद तथा छुवाछुतको घटना डरलाग्दो अवस्थामा थियो । हाम्रो समाजमा भएका त्यस्ता घटनाहरु वाहिर आएको थिएन अर्थात हाम्रो समाजले त्यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरेको थियो ।

तर सामाजिक मुत्ति र समानताको लागि उठेको विभिन्न आन्दोलनको उपलव्धी स्वरुप यस्ता घटनाहरु अहिले सवै वाहिर आउन थालेका छन् ।

सामान्य घटना देखि जटिल मुद्धाहरु समेत सम्वन्धित स्थानमा आउने गरे पनि अझै हाम्रो समाजमा यस्ता घटनाहरु लुकेर नै वसेका छन् । समाजलाई विभेद तथा छुवाछुत मुक्त वनाउने भनिएपनिे जटिलता भने धेरै देखिन्छ ।

दलित समुदायको समस्या हल गर्न तथा शसत्तिकरण गर्न उनिहरुको आर्थिक सामाजिक तथा मनोवैज्ञानिक चेतनाको विकास गर्न भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको भिड गाउगाउमा देखिन्छ ।

ति संस्थाहरुकोे कामको प्रतिफल केहिहदसम्म देखाएपनि समग्रमा अझै पनि वास्तविक समस्या उस्तै छ । दलित तथा वन्चितिमा पारिएका समुदायको अधिकार प्रवद्र्धन तथा संरक्षण गर्न र समतामुलक समाज निर्माणका लागि ऐन कानुनको पुर्ण कार्यन्वयनमा ध्यान दिनुपर्दछ ।

भने जसरी एकैपटकमा परिवर्तन सम्भव नभएपनि क्रमिक रुपमा विभेद तथा जातीय समस्या हल हुदै जाने कल्पना अनि मात्र सम्भव छ ।
पेशा तथा व्यवसायको आधारमा फलाम, छाला, कपडा सँग सम्वन्धित काम गर्ने दलित समुदायलाई त्यहि अनुसारको नाम र निच्च जातको रुपमा भनिने गरेका थियो ।

दलित समुदाय सँग रहेको यो पेशा साना तथा हेपाया जातीको रुपमा हेरिने हाम्रो समाजका कारण उनिहरुले अपनाउने पेशा फेरिएको छ । पारिवारिक रुपमा पुर्खाले अंगालेको पेशालाई आफु पनि हिजो जस्तै जातीय रुपमा हेपिनुपर्ने भन्दै पेशा परिवर्तन गरिरहेका छन् । आफुले सिपेको सिपलाई छाडेर वरु खाडिमुलुक प्रतिको मोह पछिल्लो युवापुस्तामा जाग्ने गरेको छ ।

आजाभोली फलामकै पेशालाई अंगाल्ने, छालामा नै सिप तिखारेर थप शसत्त रुपमा नयाँ नयाँ आयआर्जनको वाटो रोज्ने जस्ता पेशा उनिहरुले त्याग्ने गरेका छन् । एक त उनिहरु त्यो पेशाको निरन्तरता दिएवापत सामाजिक रुपमा हेपिनु पर्ने वाध्यता थियो भने श्रम अनुसारको ज्याला समेत पाउन नसक्नु उनिहरुको लागि अर्काे दर्दनाक पिडा थियो ।

वालिघरे प्रथाका कारण वर्षेणी काम गर्नुपर्ने वाध्यताले उनिहरुलाई वर्षभरि खान लाउन तथा परिवार धान्न धौ धौ हुने गरेको थियो । विभेद र छुवाछुतको असरले सामाजिक मनौवैज्ञानिक चिन्तनले आज सिप पेशा सम्मानित हुनुपर्ने भए पनि हुन सकेन । जसका कारण जातीय विभेद र छुवाछुतले ति सिप र पेशानै लोप हुने अवस्थामा पुगेको पाईन्छ ।

हिजो जस्तो विभेद प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा विभेद छुवाछुत प्रशस्त भईरहेको हामी देख्न सक्छौ । यो भनेको चिन्तन हो अनि व्यवहार हो ।

जव सम्म मानिसको चिन्तनमा सकारात्मक परिवर्तन देखा पार्न सकिदैन तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ । नत्र त अझै पनि यस्ता घटनाहरु मौलाईरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभुत गर्न नसकिने पक्का छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News